सांसद शाहद्धारा नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण
माधव बेल्वासे, चन्द्रौटा ।
सङ्घीय सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुको शिवराज नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ । कपिलवस्तु क्षेत्र न ३ का सांसद शाहले नागरिकहरूको सहजताको लागि नगरप्रमुख अजय थापालाई एम्बुलेन्स प्रदान गर्नुभएको हो ।
उक्त एम्बुलेन्स भारतीय दूतावासले शाहका बुबा अजय प्रताप शाह र आमा सरोजनी शाह मेमो रियल ट्रस्टको लागि दिएको थियो । शाहले मङ्गलवार शिवराज नगरपालिकाको कार्यालयमा पुगी नगरवासीहरूलाई उपचारको लागि सहजता ल्याउन प्रदान गरेको बताउनुभयो । शिवराज क्षेत्रमा एम्बुलेन्सको खाँचो देखिएकोले नगरप्रमुखको आग्रहमा सहयोग गरेको शाहले बताउनुभयो ।
कतिपय ठाउँमा अझै पनि समयमा उपचार नपाएर मृत्यु भएको सूचनाहरू आइरहने भएकोले एम्बुलेन्सले छिटोछरितो उपचारमा सहयोग गर्ने बताउनुभयो । ‘अन्य ठाउँको तुलनामा शिवराजमा आवश्यकता थियो ’ कहीँ हदमा भएपनिआवश्यकता पुरा भएको छ’ शाहले भन्नुभयो ‘सुविधा सम्पन्न छ यसलाई सही तवर वाट नगरपालिकाले सञ्चालन गर्ने छ, ।’
आफ्नो बुवाआमाको नामको एम्बुलेन्स नगरलाई सहयोग गरेको मेयर अजय थापाले धन्यवाद दिनुभएको छ ।
नगर बासीहरूको आवश्यकता मध्यनजर गरी सांसद शाह सँग आफूले एम्बुलेन्स सहयोगको लागि आग्रह गरेअनुसार सहयोग पाएको बताउनुभयो । नगर बासीहरूको लागि एम्बुलेन्स सञ्चालन गर्ने भएकोले आवश्यक परेको खण्डमा सम्पर्क गर्न आग्रह गर्नुभयो । जनताको जीवन रक्षामा नगरपालिका गम्भीर रहेको बताउँदै विभिन्न समयमा आउने महामारीको पूर्व तयारी गर्न आवश्यक रहेको जिकिर गर्नुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam