अस्ट्रेलियासँगको पहिलो टी–२० क्रिकेटमा श्रीलङ्का १० विकेटले पराजित
घरेलु टोली श्रीलङ्कासँगको पहिलो टी–२० क्रिकेटमा अस्ट्रेलिया १० विकेटले विजयी भएको छ ।
कोलम्बोमा गएराति भएको खेलमा श्रीलङ्काले दिएको १ सय २९ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले १४ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो ।
अस्ट्रेलियाका डेभिड वार्नरले अविजित ७० र कप्तान आरोन फिन्चले ६१ रन बनाए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय २८ रन बनाएको थियो । श्रीलङ्काका चारिथ असलङ्काले ३८, पाथुम निशङ्काले ३६ तथा दनुश्का गुनाथलिकाले २६ रन जोडे ।
अस्ट्रेलियाका जोश हाजलउडले ४ तथा मिचेल मार्शले ३ विकेट लिए । जितसँगै अस्ट्रेलियाले ३ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । तीन वटा टी–२०, चार वटा एक दिवसीय र २ टेष्ट खेल्न अस्ट्रेलिया श्रीलङ्काको भ्रमणमा रहेको छ । अस्ट्रेलियाले सन् २०१६ पछि पहिलो पटक श्रीलङ्काको भ्रमण गरेको हो ।
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
-
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
६० घण्टापछि माटोमुनिबाट जीवित भेटिइन् ६ वर्षीया मनिषा
भदौ १३, २०८३
रसुवा । भोटेकोसी बाढीमा बेपत्ता भएकी रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेकी ६ वर्षीया बालिका मनिषा मगरलाई करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।…



ghanashyam