स्थानीयवासीले अवरोध गरेपछि डेढ सय वटा टिपर फोहर बोकेरै काठमाण्डौ फर्कियाे
काठमाण्डाै – नुवाकोटको बञ्चरेडाँडाका स्थानीयवासीले आज बुधवार पनि काठमाण्डौबाट फोहर बोकेर गएका गाडीलाई अवरोध गरेका छन् । बिहान काठमाण्डौको फोहर बोकेर नुवाकोटको बञ्चरेडाँडा ल्यान्डफिल साइटतर्फ गएका डेढ सय वटा टिपरलाई स्थानीयवासीले रोकेका हुन् ।
दिनभर टिपर बञ्चरेडाँडा वरपर रोकिएका थिए, बेलुकासम्म पनि प्रहरी र स्थानीयवासीबीचको झडप मत्थर नभएपछि टिपर फोहर बोकेरै काठमाण्डौ फर्किएकाे काठमाण्डाै महानगरपालिकाका इन्जिनियर शंकरदीप श्रेष्ठले जानकारी दिनुभयो ।
बञ्चरेडाँडाका स्थानीयवासी र प्रहरीबीच फोहर फ्याँक्ने विषयमा विवाद हुँदा प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । स्थानीयवासीले ढुङ्गामुढा गर्दा १० जना सुरक्षाकर्मी घाइते भएका छन् ।
हिजो मङ्गलवार प्रहरी परिचालन गरेर फोहर बोकेका गाडी बञ्चरेडाँडामा रहेको ल्यान्डफिल साइटमा पुर्याएकाे भए पनि आज फोहर बोकेका गाडी पुग्न सकेनन् । प्रहरीले १८ जनालाई पक्राउ गरेको छ ।
गएको सोमवार सहरी विकास मन्त्रालयमा भएको सम्झौताअनुसार बञ्चरेडाँडामा फोहर फ्याँक्न दिने सहमति भए पछि हिजोदेखि फोहोर बोकेका गाडी लगिएको भए पनि स्थानीयवासीले अवरोध गरेका हुन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam