गृहमन्त्रीकै निर्देशनमा प्रहरी लगाएर त्रिविमा ताला लगाइयो : पद्मा अर्याल
काठमाडौं : नेकपा एमालेकी सांसद पद्माकुमारी अर्यालले लामो समयदेखि बन्द रहेको त्रिभुवन विश्व विद्यालय तत्काल खुल्ला गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्री उपकुलपति र शिक्षामन्त्री सहकुलपति भएको विश्व विद्यालय पाँच महिनादेखि बन्द हुँदासमेत मौन बस्नु राम्रो नभएको बताइन्।
‘देशको सबैभन्दा ठूलो, जेठो त्रिभुवन विश्वविद्यालय विगत पाँच महिनादेखि बन्द छ। बारम्बार सदनमा विषयहरू उठेकै छन्। तरपनि सरकारको ध्यानाकर्षण हुन सकेको छैन। एकदिन एकछिन खुल्ला गरेर गृहमन्त्रीज्यूको निर्देशनमा प्रहरीलाई साँची राखेर बन्द गर्ने काम भएको सुनिएको छ’ उनले भनिन्, ‘गृह मन्त्रालयको काम बन्द रहेको विद्यालय खुलाउने हो की बन्द गर्ने? लामो समयसम्म विश्वविद्यालय बन्द हुँदा प्रधानमन्त्री र शिक्षा मन्त्री के हेरेर बस्नुभएको छ? वार्ता गरेर खुलाउनुपर्छ की पर्दैन।’
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam