पत्रकारहरुको अगाडि नै मन्त्री यादवले भने- ‘पत्रकारहरु दल केन्द्रित भए’
सागर वि.क.(बुटवल) : लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले पत्रकारहरु दल केन्द्रित भएको बताएका छन् । मन्त्री यादवले पत्रकारले कुनै पनि राजनितिक दलमा आस्था राख्न पाईने तर दल केन्द्रित भएर समाचार सम्प्रेषण गर्न नहुने बताए । बुटवलमा मंगलबार सम्पन्न ४ दिने विकास पत्रकारिता तालिमलाई सम्बोधन गर्दै उनले भने, ‘ मैले धेरै देखेको छु, अहिले पत्रकार दल केन्द्रित भए । पत्रकारले राजनितिक दलमा आस्था राख्न पाईन्छ, तर दल केन्द्रित भएर समाचार सम्प्रेषण गर्न हुदैन् । यसले समाजमा राम्रो सन्देश जादैन् ।’
उनले प्रदेश सरकारले गरेका कामकारबाहीका समाचार जनस्तरका नआएको गुनासो समेत गरे । मन्त्री यादवले तालिम अपरिहार्य रहेको बताउँदै विगतमा धेरै तालिम संचालन गरेको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । उनले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागु गर्न आग्रह गर्दै पत्रकारिता पेशालाई मर्यादित बनाउनुपर्ने बताए । समाज अहिले पनि धेरै वेतिथि कायमै रहेको बताउँदै उनले सबै निकाय सच्चिनुपर्ने आवश्यता औंल्याए ।
यस्तै आन्तरिक मामिला तथा संचार मन्त्रालय लुम्बिनी प्रदेशका सचिव कोमल प्रसाद धमलाले पत्रकार महासंघप्रति आभार व्यक्त गर्दै आफ्नै स्तरबाट कामको थालनी गर्न आग्रह गरे । पत्रकारले गलत कामलाई गलत र सही कामलाई सही भन्ने प्रवृतिको सुरुवात गर्ने दायित्व निर्वाह गर्नुपर्ने उनको भनाई छ । उनले प्रदेश सरकारले पत्रकारको हितलाई मध्येनजर गर्दै आगामी बर्षको बजेट आउन लागेको समेत जानकारी दिए ।
४ दिने विकास पत्रकारिता तालिममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam