‘लाेक सेवा आयाेग नयाँ युगका चाहनाहरूलाई सामना गर्नसक्ने गरेर अघि बढ्नुपर्छ’
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार आर्थिक रूपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर रहेको बताउनुभएको छ । आज बुधवार लोक सेवा आयोगको ७२ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो ।
उहाँले आयोगले आफूलाई नयाँ युगका नयाँ चाहनाहरूलाई सामना गर्नसक्ने गरेर सुधार एवम् विकास गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता रहेको पनि बताउनुभयो । नागरिककाे समृद्धिको आकाङ्क्षा सम्बोधन गर्नसक्ने र त्यहीअनुसार कर्तव्य पालन गर्नसक्ने मानवश्रोतको पहिचान गरी सरकारी सेवालाई बलिया बनाउने अधिकार प्राप्त संवैधानिक अङ्गको रूपमा रहेको आयोगले त्यसलाई आत्मसात् गर्दै आफ्नो दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने उहाँकाे भनाइ छ ।
राष्ट्रपति भण्डारीले चुस्त व्यवस्थापकीय, क्षमतायुक्त, इमानदार, कर्तव्यनिष्ठ र दक्षतासहितका जनशक्ति विकासका लागि आवश्यक तालिम तथा अभिमुखीकरण र उम्मेदवारको छनोट प्रक्रियामा समयसापेक्ष सुधार गर्नेतर्फ आयोगले यथेष्ट ध्यान पुर्याउनु आवश्यक रहेको पनि बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam