गाडी दुर्घटना हुँदा चालकको मृत्यु
काभ्रे : खानीखोला गाउँपालिका–४ पुरानोगाउँस्थित विद्युतको तार बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा बोलेरो चालकको मृत्यु भएको छ।
बिहीबार दिउँसो केन्द्रीय विद्युत् प्रसारण लाइनको तार लैजाँदै गरेको बा ३ प ५६२४ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा बोलेर चालक ललितपुरको बागमती गाउँपालिका–२ माल्टा भन्ने ठाउँको अन्दाजी ५७ वर्षीय पाँडे भनेर चिनिने रामप्रसाद तिमल्सिना रहेको छ।
घटनास्थलका प्रत्यक्षदर्शी स्थानीय तथा वीर आधारभूत विद्यालयका प्रधानाध्यापक भरत लामाका अनुसार बोलेरो गाडी सडकबाट करिब २ सय मिटर तल खसेको छ। त्यस्तै उनले बोलेरो गाडी समेत पूर्ण रूपमा क्षति भएको जानकारी दिए।
घटनास्थलतर्फ स्थानीय पुगे पनि ताल्ढुंगा प्रहरी चौकीको टोली भने त्यसतर्फ गएको प्रहरीले जनाएको छ।
स्थानीय लामाले बाटोको भित्तातिर रहेको ठूलो ढुंगा छल्न खोज्दा बोलेरो अनियन्त्रित भई पल्टिदा हुन सक्ने अनुमान गरेका छन्। उक्त क्षेत्रमा केही समययता लाइनको तार तान्ने काम भइरहेको छ।
दुर्घटनामा मृत्यु भएका बोलेरो चालक तिमल्सिनाको शवलाई पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम धुलिखेल ल्याउने प्रहरीले जनाएको छ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam