एमालेको बहिष्कारबीच विनियोजन विधेयक पारित

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०७९ लाई पारित गरेको छ। 

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको ‘विनियोजन विधेयक, २०७९’ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई प्रतिनिधिसभाको बैठकले बहुमतले पारित गरेको हो। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराएको आरोप  लगाउँदै बैठक बहिष्कार गरेको थियो। विनियोजन विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरेका थिए। 

TOP