अर्काे पार्टीमा भाेट हालेकाे भन्दै छाेराले पानी भर्न दिएनन्
पाल्पा : सेतै कपाल फुलेकी। गाला चाउरी परेकी। टन्टलापुर घाम। त्रिपालमुनि पसिना बगाउँदै लौरोको सहारामा उभिएकी। अनुहार हेर्दा मलिन देखिन्थ्यो। उनी हुन् पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीस्थित खुर्सानेकी ८८ वर्षीया नरिकला गाहा।
सत्यवतीको एउटा गाउँमा कार्यक्रम भइरहेको थियो। जहाँ स्थानीय तहको निर्वाचनमा जितेका जनप्रतिनिधिले विजयोत्सव मनाइरहेका थिए। कार्यक्रममा उनलाई पनि निम्तो थियो। छिमेकीसँगै उनी त्यो कार्यक्रममा पुगेकी थिइन्। चर्को घाममा तपतप पसिना चुहाउँदै उनले त्यहाँ भाषण गरिरहेका नेताहरूको कुरा खुब ध्यान दिएर सुनिरहेकी थिइन्। तर नरिकलालाई भने गाउँमा खानेपानी ल्याउने कुरा सुन्ने मन थियो।
अहिले पनि घण्टौँ लगाएर डोकोमा पानी बोकेर खानुपर्ने बाध्यता छ, नरिकलालाई। कुवामा धाएर पानी बोकेर खान परिरहेको बाध्यता थाहाखबरलाई सुनाइन्। गहभरी आँशु ल्याउँदै उनले थपिन् ‘घरकै धारामा पानी थापेर खाने चाहना सपना जस्तै हुने भो। डोकोमा पानीको गाग्री बोक्दाबोक्दै मर्ने भएँ।’
चुनावअघि भोट माग्न आउँदा पानी ल्याइदिन्छु भनेका थिए नेताहरूले। अहिले जितेका छन्। तिनै नेताहरूसँग खानेपानीको धारा ल्याइदिनु पर्यो भन्दै माग गर्न कार्यक्रममा आएको नरिकलाले सुनाइन्।
सोही ठाउँकी अर्की वृद्धा कुन्ती घिमिरेको पनि दुखेसो उस्तै छ। एक घण्टा धाएर ५ लिटरको ग्यालेनमा पानी बोकेर खाने गरेकी छिन्, उनले। घरमा आफू र वृद्ध श्रीमान् मात्र छन्। आफू अन्दाजी ७९ वर्षकी भइन्। उनका श्रीमान ८२ वर्ष पुगे। घरभन्दा केही तल कहिलेकाहीँ धारामा पानी आउँछ। तर कुन्तीको आफ्नै धारा भने छैन। कहिलेकाहीँ छोराको घरमा भएको धारामा पानी भर्ने गर्थिन्। पछिल्लो समयमा भने फरक पार्टीलाई भोट हालेको आरोप लगाउँदै छोराले पनि पानी भर्न नदिएको उनले गुनासो गरिन्।
घरभन्दा टाढा खोल्सामा रहेको भूतपानी कुवामा पुगेर ग्यालेनमा पानी बोकेर खाने गरेको बाध्यता सुनाइन्। भन्छिन्, ‘बुढेसकाल लाग्यो। शरीरमा तागत छैन। लौरोको सहारामा ग्यालेनमा पानी बोकेर खानु परेको छ।’
अबको सरकारले खानेपानी ल्यायदिए ठूलो धर्म हुने थियो। उमेर र अवस्थाले आज हो कि, भोलि मर्ने जस्तै भइयो। यस्तो अवस्थामा घरकै धारामा पानी थापेर खान पाए धेरै राहत मिल्ने उनी बताउँछिन्।
सत्यवतीस्थित तल्लाटोल भट्टबारीका ७२ वर्षीय खुमबहादुर पेङ्नी मगर पनि त्यही कार्यक्रममा पुगेका थिए। हातमा लौरो बोकेका उनी कुर्सीमा बसेर टोलाई रहेका थिए। यता भव्य कार्यक्रम चलिरहेको थियो। तर उनको मन भने घरतिरै थियो। बिहान पानी बोकेर आएका उनी साँझ घरमा फर्केपछि पनि पानी बोक्नुपर्ने छ। चैत बैशाखमा पानी कुरेर बोक्नुपर्ने बाध्यता छ। अहिले पनि त्यही कुवामै डोकोमा गाग्री बोकेर पानी लिन जानुपर्छ।
‘न पानी भर्ने कुवा राम्रो छ। न त्यहाँसम्म पुग्ने बाटो राम्रो छ।’ उनले भने ‘पानी लिन जाँदा सर्पले डस्ने हो कि? भन्ने पीर लाग्छ।’ हाम्रो जिन्दगी त पानी बोकेरै बित्ने भयो। अब छोरा नातिलाई पानी बोक्नुपर्ने बाध्यताको अन्त्य भए हुन्थ्यो भन्ने खुमबहादुरको मनमा लागिरहेको छ।
अबको सरकारले खानेपानीलाई पहिलो प्राथमिकता दिएर काम गर्न उनले सुझाए। पानीको समस्या नभए बालबालिकाले राम्रोसँग पढ्न पाउँथे। बावुआमालाई पानी बोक्ने समयमा अन्य काम गरेर परिवार पाल्न सहज हुने खुमबहादुरले बताए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam