डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न गुरुयोजना बन्दैछ : प्रधानमन्त्री देउवा
कञ्चनपुर – प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन सुरुवात गर्ने र डडेल्धुरामा मेडिकल कलेज स्थापनाको सम्भाव्यता अध्ययन तथा गुरुयोजना बनाउने काम अगाडि बढाएको बताउनुभएको छ ।
कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयद्वारा शुक्रवार आयोजित दोस्रो दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवाले सुदूरपश्चिम विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेटसमेत विनियोजन गरेको बताउनुभयो । विश्वविद्यालयको शिक्षा केवल औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यावहारिक, जीवनाेपयोगी तथा समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्नेमा उहाँको जोड थियो ।
लोकतान्त्रिक प्रणालीलाई थप सबल र सुदृढ बनाउन र अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न, युग सुहाउँदो, वैज्ञानिक एवम् प्राविधिक जनशक्तिको आवश्यकता पर्दछ, प्रधानमन्त्री देउवाले भन्नुभयो, आजको प्रतिस्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले समयअनुसार शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्नुपर्छ ।
सुदूरपश्चिम विश्वविद्यालयले यहाँका नागरिकको उच्च शिक्षाको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै उहाँले विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गरी देशको खाँचो पूरा गर्न सहयोग पुर्याएकाे धारणा राख्नुभयो । कार्यक्रममा प्रधानमन्त्री देउवाले दीक्षित विद्यार्थीलाई पदक वितरणसमेत गर्नुभयो ।
समारोहमा भारतको कुमाउँ विश्वविद्यालयका कुलपति प्राध्यापक नरेन्द्रकुमार जोशी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam