फ्रान्सका राष्ट्रपति म्याक्रोँले संसदको तल्लो सदनमा गुमाए बहुमत
काठमाडौं : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले संसदको तल्लो सदनमा बहुमत गुमाएका छन्।
उनको मध्यमार्गी पार्टी ला रिपब्लिक एन मार्च नेतृत्वको गठबन्धन तल्लो सदनमा बहुमत हासिल गर्न असफल भएको हो। तल्लो सदनमा म्याक्रोँले स्पष्ट बहुमतका लागि २ सय ८९ सिट प्राप्त गर्नुपर्नेमा उनको गठबन्धनलाई २ सय ४५ सिटमात्र प्राप्त भएको छ।
म्याक्रोँ राष्ट्रपतिमा पुनः निर्वाचित भएको दुई महिना नबित्दै उनको पार्टीले तल्लो सदनमा नियन्त्रण गुमाएपछि अब उनलाई सरकार सञ्चालनमा चुनौति थपिने विश्लेषण गरिएको छ। यो निर्वाचनमा वामपन्थी, अति वामपन्थी र ग्रीन पार्टीहरुको गठबन्धनले दोस्रो र मारिन ल पेनको अति दक्षिणपन्थी पार्टी तेस्रो बन्दा म्याक्रोँ कमजोर बनेका छन्। यो नतिजासँगै राष्ट्रपति म्याक्रोँले अब आफ्नो मन्त्रिपरिषदका केही सदस्यसमेत गुमाउनुपर्ने छ।
गत अप्रिलमा भएको राष्ट्रपतीय निर्वाचनमा म्याक्रोँले मारिन ल पेनलाई पराजित गरेका थिए।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam