विजयनगरमा १५ शैयाको अस्पताल शिलान्यास

कृष्ण पौडेल, विजयनगर ।
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा १५ शैयाको अस्पतालको शिलान्यास गरिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको संयुक्त सहभागितामा देशभरका स्थानीय तहहरुमा पालिका अस्पतालको शिलान्यास हुदै गर्दा विजयनगर गाउँपालिका वडा नम्बर–६, बदौरमा पनि सोमबार ९आज० एक कार्यक्रमको आयोजना गरि पालिकामा अस्पतालको शिलान्यास गरिएको हो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख गोपाल बहादुर थापा , उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, प्रेम कलवार , जग्गा दाता कनिकराम चाईले संयुक्त रुपमा अस्पतालको शिलान्यास गरेका हुन । शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख गोपाल बहादुर थापाले अस्पताल शिलान्यास गर्न सफल हुनुमा आफुहरु गौराम्भित् भएको बताए ।

उनले भने, ‘यस अस्पतालको शिलान्यास सम्पन्न भएसंगै अब अस्पताल निर्माणले यहाँका स्थानीयहरु सामान्य उपचारकोलागि अन्यत्र ठुला अस्पतालहरु धाउनु पर्नेछैन र अन्यत्र अस्पतालमा गएर उपचार गराउँदा हुने खर्चको समेत बचत हुने बताए ।

कार्यक्रम लाइ सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले अस्पताल विकासको लहर सँगै रोजगारिका अवसरहरु सिर्जना गर्ने र आफ्नै गाँउपालिकामा १५ शैयाको अस्पताल बन्न लाएकोमा खुशि प्रकट गर्नुभयो। अस्पताल शिलान्यासको काम अगाडि बढेसँगै गाउँपालिकावासीमा नयाँ आशा जगाएको बताउनुभयो ।

सिलान्यास कार्यक्रम लाइ सम्बोधन गर्दै विजयनगर गाउँपालिका प्रशासकीय अधिकृत गोबिन्द भट्टराईले अस्पताल निर्माणको कार्य अघि बढी सकेको छ, ठेकेदार कम्पनीलाई समय मै काम गर्न निर्देशन दिएका छौ’ उनले भने। निर्माण हुने अस्पतालमा आधारभुत तहको स्वास्थ्य सेबा उपलब्ध हुने उनले बताए। जनरल फिजिसियन, प्रसूति, ल्याब, फार्मेसि डेन्टल आखा लागतयका आधारभुत सेवा अस्पतालमा उपलब्ध हुने भट्टराईले बताए।

बिकोइ रनव सिर्जनशिल जेभि कन्स्ट्रक्सनले पाएको ठेक्काको अस्पताल १६ करोड ७ लाख ७१ हजार ३ सय ९४ रुपैयामा बन्न लागेको हो। अस्पताल निर्माण गर्न ०७९ बैशाख २१ गते सम्झौता भइ ०८१ बैशाख २१ गते भित्र सम्पन्न गरिने इन्जिनियर नबिन घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजतिक दलका प्रतिनिधि,कर्मचारी,संचारकर्मी,स्थानीयहरुको उपस्थिति रहेको थियो ।

TOP