सातामा दुई दिन विदा हुँदा पेट्रोलको खपत ११ प्रतिशत कम : निगम
काठमाडौं : नेपाल आयल निगमले सातामा दुई दिन सार्वजनिक विदा हुँदा पेट्रोलको खपत ११ प्रतिशतले घटेको दाबी गरेको छ। निगमले वैशाख महिनाको तुलनामा जेठमा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जानकारी दिएको हो।
सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले चैतमा ६३ हजार किलोलिटर पेट्रोल खपत भएकोमा वैशाखमा करिब चार हजार किलोलिटर बढेर ६७ हजार किलोलिटर पुगेको जानकारी दिए। उनका अनुसार जेठमा खपत ५९ हजार किलोलिटरमा झरेको छ।
सरकारले इन्धन खपत कम गर्न भन्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर यसको चौतर्फी विरोधपछि सरकारले असार १ देखि विदा कटौती गरेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam