एसीसी महिला च्याम्पियनसिप : नेपाल र युएई भिड्दै
काठमाडौं : एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा आज नेपालले बलियो टोली युएईको सामना गर्दैछ।
मलेसियाको किनरारा ओभलमा नेपाल र युएईबीचको खेल बिहान ८ः१५ बजे सुरु हुनेछ। नेपाल युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ। युएई पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ।
आजै हुने अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ। फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन्।
नेपाल र युएईबीच यस अघि ३ पटक प्रतिस्पर्धा भएको छ। जसमा दुई खेल नेपाल र एक खेल युएईले जितेको छ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam