शिवराजको नीति तथा कार्यक्रम : निःशुल्क माध्यमिक शिक्षा,बजारलाई व्यवस्थित बनाइने

माधव बेल्वासे, चन्द्रौटा
कपिलवस्तुको शिवराज नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९,८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । ११ औ नगर सभामा नगरप्रमुख अजय थापाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। ‘शिवराज नगरपालिकाको आधार कृषि उद्योग पर्यटन र पूर्वाधार’ भन्ने नारासहित नगरको विकास र समृद्धको लागि कार्यक्रमहरू ल्याइएको बताइएको छ ।

शैक्षिक सत्र २०८० देखि शिवराज नगरपालिकाको विद्यालय शिक्षालाई अनिवार्य तथा निःशुल्क माध्यमिक शिक्षाकाृे लागि ऐन निर्माण गरी सुनिश्चित गर्न पहुँच र सहभागिता,संस्थागत क्षमता र गुणस्तर अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन गरिने भएको छ । ७० वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई घरमै गएर दिइने स्वास्थ्य सेवालाई थप प्रभावकारी रूपमा सञ्चालन गरिने भएको छ ।आधारभूत स्वास्थ्य सेवा अस्पताल वाट स्वास्थ्य बिमा कार्यक्रम लागु गरिने नीति तथा कार्यक्रममा राखिएको छ ।

चन्द्रौटा बजारको सरसफाइको लागि कन्टेनर सहितको डस्बीनको व्यवस्थापन गरिन सुन्दर सहर बनाइने भएको छ ।बजारलाई सफा राख्न सरसफाइ समिति बनाई कृयशिल बनाई नगरप्रमुख थापाले बताउनुभयो । चन्द्रौटा क्षेत्रमा चल्ने अटो ई रिक्सा पार्किङ स्थल व्यवस्थापन गरिने उल्लेख छ । नगर भित्र बसपार्क तथा डम्पीङ साइट निर्माणको लागि डिपिआर निर्माण गरी काम अगाडि बढाइने भएको छ । मेयर थापाले पूर्वाधार विकास तर्फ ‘माघ मसान्त भित्र सम्झौता जेठ महिना भित्र भुक्तानी’को नीतिलाई कडाइका साथ पालना गरिने छ । त्यस्तै उपप्रमुख शिवकुमारी थारुले १ अर्ब १९ करोडको बजेट प्रस्तुत गर्नुभएको छ ।

TOP