गठबन्धन भएका ठाउँमा एमालेको भोट बढी आएको छ, हामीलाई चिन्ता छैन : शंकर पाेखरेल
काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचनको नतिजाले एमालेलाई चुनाव जित्न सहज भएको बताएका छन्।
नेपाल मुस्लिम इत्तेहाद संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धन भएको स्थानमा एमालेको धेरै मत आएको छ।
स्थानीय चुनावको परिणामले एमालेलाई चुनावको सामना गर्ने सामर्थ्य बढेको देखियो। अब केही प्रतिशत मत वृद्धि गर्ने हो भने स्वभाविक रुपमा चुनाव सजिलै जित्नसक्ने आधार तयार भइसकेको छ। चुनावबारे चिन्ता गर्नुपर्ने छैन। जति ठुलो गठबन्धन त्यति धेरै सामर्थ्य हुन्छ।’
गठबन्धनले स्थानीय तहको निर्वाचनमा सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाए। मतदानको बेलामा पुलिस प्रशासन लगाएर गठबन्धनले धाँधली गरेको उनले बताए। आफ्ना कार्यकर्ताहरूमाथि प्रहरी लगाएर थुनेको समेत उनको आरोप छ।
उनले ०७४ सालको निर्वाचनमा केपी ओलीलाई मधेश विरोधी नेता भनेर भ्रम फैलाएको समेत बताए। तराईका जिल्लाहरुमा अहिलेसम्म भएको विकासको गुरुयोजना नै ओलीले तयार गरेको दाबी गरे।
‘तराईमा स्वाभिमानको लडाइँ लड्ने पार्टी कम्युनिष्ट पार्टी नै हो। तराईमा एमाले र ओलीप्रति घृणाको राजनीति गरियो। गत निर्वाचनमा अभियान चलाउन खोज्यौँ। तर सप्तरीमा बाहिरबाट बिथोल्ने प्रयास भयो। ओलीलाई मधेश विरोधी भनियो’ उनले भने, ‘हामीले चुनाव प्रचार गर्न पाएनौँ। हाम्रो अध्यक्षले त्यसलाई सोचेर तराईमा विकासको तिव्रता दिनको लागि सदरमुकाममा बदल्नुपर्छ भनेर उहाँले सहरी पुर्वाधार विकास आयोजनको रुपमा तराईका प्रत्येक जिल्लामा ५०-५० करोड छुट्याएर पछि २२ जिल्लामा बाटो सडक पुल निर्माणको योजनाकार नै ओली हुन्।’
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam