कर्णाली प्रदेश सभा बैठक नसबेरै स्थगित
सुर्खेत – कर्णाली प्रदेश सभाको बैठक आज साेमवार नबसेर नै स्थगित भएको छ ।
हिजाे आइतवार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमाथि असन्तुष्टि जनाउँदै बैठकमा अवराेध गरेपछि आज दिउँसाे ३ बजेसम्मका लागि स्थगित भएको थियो । प्रदेश सभा सचिव जीवराज बुढाथोकीले भोलि मङ्गलवारसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो ।
आज बिहान सर्वदलीय बैठक बसे पनि कुनै निष्कर्ष निस्कन नसकेपछि प्रदेश सभा बैठक भाेलिसम्मका लागि स्थगित गरिएको हो ।
प्रदेश सरकारले एकलौटी, असन्तुलित, र प्रतिपक्षसँग गरेको सम्झौता विपरीत बजेट ल्याएको भन्दै एमालेले विरोध गरेको छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam