शिवराजका ३ हजार बढि युवा बैदेशिक रोजगारमा , सबै भन्दा धेरै साउदी अरबमा
अर्जुन बेल्बासे ,कपिलवस्तु ।
शिवराज नगरपालिकाका २७ प्रतिशत युवाहरु वैदेशिक रोजगारमा गएको तथ्यांक भएको पाइएको छ । नगरपालिकाले तयार पारेको वैदेशिक रोजगार सम्बन्धी परामर्श चित्र २०७८ तथ्यांक अनुसार नगर भित्रका ३ हजार ६ सय ५७ घरधुरीका युवा वैदेशिक रोजगारको शिलशिलामा विभिन्न मुलुकमा रहेको पाइएको छ ।
उक्त तथ्यांकलाई समग्र रुपमा नियाल्दा शिवराजका १ हजार ९ सय ११ जना युवाहरु वैदेशिक रोजगारमा कार्यरत छन् भने १ हजार ७ सय ४६ जना युवा स्वदेश फर्किसकेका छन् । ११ वटा वडा रहेको शिवराजमा वैदेशिक रोजगारको समग्र संख्यालाई तुलना गर्दा वडा नम्बर ११ बाट सबै भन्दा बढी ३ सय ८ जना युवाहरु वैदेशिक रोजगारमा गएका छन् । त्यसै गरी वडा नम्बर २ बाट २ सय ६६ र वडा नम्बर ४ र ५ बाट क्रमश २ सय ४५ र १ सय ४७ जना युवा विदेश गएको तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यस्तै सबै भन्दा कम वडा नम्बर ६ बाट ८४ जना र विदेशिएको तथ्यांकमा देखिएको छ । उक्त तथ्यांकमा आधारीत रहेर हेर्दा समग्र शिवराजको जनसंख्याको ४ प्रतिशत वैदेशिक रोजगारमा गएको देखिन्छ । सोमबार शिवराज नगरपालिकामा भएको सुरक्षित आप्रवासि (सामी) परियोजनाले सुरक्षित वैदेशिक रोजगार सम्बन्धी स्थानीय तहका जनप्रतिनिधिसँग भएको अन्तरक्रिया एवम् छलफलमा सामी हेल्भिटासका जियाउल हकले शिवराज नगरपालिकाको वैदेशिक रोजगारको यथास्थितको तथ्यांक प्रस्तुत गर्दै सुरक्षित आप्रवासन (सामी) परियोजनाका कार्यक्रमहरुको जानकारी गराएका थिए । उनले कार्यक्रममा बैदेशिक रोजगारमा आवश्यक सिप ,तालिम ,सेवा सुविधा लगायतको जानकारी हुनु आवश्यक रहेको बताएका थिए ।
सोही कार्यक्रममा बोल्दै शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले युवाहरुलाई रोजगारको लागि बैदेशिनु पर्ने बाध्यतालाई न्यूनीकरण गर्न नगरभित्र समय अनुकुलका रोजगारको व्यवस्था गर्नु पर्ने बताए । वैदेशिक रोजगारको कारण र युवाहरुको आश्यकतालाई पहिचान गरेर स्वदेशमै रोजगारको अवसर प्रदान गर्न सके युवाहरु विदेश पलायन हुनबाट रोक्न सकिने उनले बताए ।
यसैबीच शिवराज नगरपालिकाकी उप–प्रमुख शिव कुमारी थारुले युवालाई स्वदेशमै टिकाइ राख्नका लागि सीप सिक्ने अवसर दिने र युवाले सिकेको सीपलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउनुपर्ने बताइन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam