अलकत्रा बोकेको ट्यांकर पड्किँदा सातजना घाइते
सर्लाही : गोडैता नगरपालिका–४ रोहुवास्थित तातो अलकत्रा बोकेको ट्यांकर पड्किँदा सातजना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
हुलाकी सडक निर्माणका क्रममा गोडैता–४ रोहुवास्थित मंगलबार साँझ ६ बजेतिर तातो अलकत्रा बोकेको ट्यांकररमा ‘वेल्डिङ’ गर्ने क्रममा पड्किँदा जलेर कामदारसहित सातजना घाइते भएक हुन्।
जलेर घाइते भएका तीनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ।सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक विजय यादवका अनुसार गम्भीर घाइते चारलाई काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा ‘रेफर’ गरिएको छ।
गोडैता–४ रोहुवाका वेल्डिङ्ग गर्ने मिस्त्री २० वर्षीय शिवु चौधरी, उनका भाइ १९ वर्षीय अनुराग चौधरी, स्थानीय ३५ वर्षीय बिजुली राउत, १९ वर्षीय अभिषेक पटेल र हुलाकी सडक निर्माणमा काम गर्ने कामदार रौतहट माधवनारायण नगरपालिका–४ का ३० वर्षीय सुरेन्द्र हजारी घाइते भएका छन्। यस्तै रौतहट चन्द्रनिगाहपुर नगरपालिका–४ बस्ने ३२ वर्षीय राजीव साह र पर्सा जिल्ला बहुदरामाई नगरपालिका–६ बस्ने ३८ वर्षीय गोपाल यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
इन्दु एण्ड ठोकर एण्ड साह निर्माण कम्पनीले हुलाकी सडकअन्तर्गत सर्लाहीको गोडैतामा कालोपत्र गर्ने काम सुरु गरेको छ। अलकत्रा बोक्ने ना १ क ६०३९ नम्बरको ट्याङ्करलाई मर्मत गर्ने क्रममा यस्तो घटना भएको साह निर्माण सेवाका सञ्चालक नागेन्द्र साहले जानकारी दिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam