समाजले प्रत्यक्ष अनुभूति गर्ने कार्यक्रममा लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह
जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संयुक्त राष्ट्रसंघीय दातृ निकायहरूलाई समाजले प्रत्यक्ष अनुभूति गर्ने खालका कार्यक्रमहरुमा लगानी गर्न आग्रह गरेका छन्।
नेपालका लागि संयुक्त राष्ट्रसंघीय दिगो विकास कार्यढाँचा २०२३–२०२७ को तर्जुमा सम्बन्धी प्रदेश स्तरीय परामर्श कार्यक्रममा मुख्यमन्त्री राउतले सभा गोष्ठीमा मात्र सीमित हुने खालका कार्यक्रम भन्दा जनताले प्रत्यक्ष अनुभूति गर्ने जस्ता कार्यक्रमहरु तर्जुमा गर्न आग्रह गरे।
मुख्यमन्त्री राउतले मानवीय विकास सूचकांकमा पछि परेका मधेश प्रदेशको आवश्यकतालाई पहिचान गरी गरिब, दलित, महिला, मुस्लिम जस्ता लक्षित वर्गको कार्यक्रमहरु समेट्नु पर्नेमा समेत जोड दिए।
कोरोना महामारीताका संयुक्त राष्ट्रसंघीय निकायहरुले गरेको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले छोरीहरुको शिक्षाका लागि प्रदेश सरकारले संचालन गर्दै आएको कार्यक्रममा भौतिक सहयोग सहितको कार्यक्रम ल्याउन सुझाव समेत दिए।
विभिन्न क्षेत्रमा आ–आफनै पाराले काम गरिरहेका गैर सरकारी संस्थाहरुलाई एउटै छातामुनि ल्याउन प्रदेश सरकारले पहल गरिरहेको बोल्दै मुख्यमन्त्री राउतले महिला बालबालिका मन्त्रालयमा एउटा छुट्टै शाखा राखेर एकीकृत योजना ल्याउनु पर्ने जिकिर गरे।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सरकारका विभिन्न निकायका प्रमुख तथा पदाधिकारीहरु, संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरू सहितको सहभागिता रहेको थियो।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam