शेखर गुटको बैठकमा ढिलो पुगे गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला समूहको बैठकमा महामन्त्री गगन थापा पनि पुगेका छन्। दिउँसो २ बजे अनुपम फुडल्याण्डमा बोलाइएको बैठकमा महामन्त्री थापा केही ढिलो पुगेका हुन्।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्ट बनेर आगामी रणनीति तय गर्न नेता कोइरालाले बैठक बोलाएका हुन्। बैठक अहिले जारी छ।
पछिल्लो समय सभापति शेरबहादुर देउवाले एकलौटी पार्टीमा मनोनयन गरेको भन्दै शेखर समूह रुष्ट छ।
पार्टीको नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठान, नेपाल किसान संघ र आदिवासी जनजाति संघको नेतृत्वमा समेत आफू निकटकै नेतालाई नेतृत्व सुम्पिएपछि कोइराला समूह सभापति देउवासँग असन्तुष्ट छ।
पार्टी विधानअनुसार विभाग तथा समितिहरू गठन गर्न पनि देउवाले आफ्नो पक्षलाई छलफलमा नै सहभागी नगराएर मनोमानी गर्न खोजेको कोइराला समूहको आरोप छ।
देउवाले सभापति निर्वाचित भएको ६ महिनासम्ममा पनि पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्डलाई पूर्णता दिन सकेका छैनन्।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam