काँचो सुन ओसारपसार गर्ने दुई जनामाथि राजस्व छलीको मुद्दा
काठमाडौं : राजस्व अनुसन्धान विभागले काँचो सुन खरिदबिक्री गर्दा राजस्व चुहावट गर्ने दुई जनामाथि मुद्दा दायर गरेको छ।
विभागले रुपन्देही सिद्धार्थनगर नगरपालिका घर भई हाल काठमाडौं टोखा नगरपालिका ६ मा गणेश ज्वेलर्स सञ्चालन गरिरहेका सुनिता विक र कास्की पोखरा महानगरपालिका १४ बस्ने २५ वर्षका रमेश सुनारविरुद्ध जिल्ला अदालत कास्कीमा असार १४ गते मुद्दा दर्ता गरेको हो।
२०७८ माघ १५ गते सुनार पोखरा पावरहाउस चोकबाट एक हजार ७.७० ग्राम काँचो सुन सहित पक्राउ परेका थिए। पक्राउ परेका उनलाई प्रहरीले विभागमा बुझाएपछि अनुसन्धानको क्रममा अवैध सुन ओसार पसार गरी राजस्व चुहावट गर्ने कार्यमा ज्वेलर्सका सञ्चालकको समेत संलग्नता रहेको खुलेको हो।
अनुसन्धानको क्रममा चोरी पैठारी भएको सुनलाई गालेर अवैध ओसार पसार गरेको, बैङ्क तथा दर्ता रहेको फर्मबाट सुन खरिद नगरी अन्यत्रबाट सुन चोरी पैठारी गरी काँचो सुन खरिद गरेको प्रमाण पेश गर्न नसकेको विभागले जनाएको छ।
साथै उनीहरूले प्रचलित कानुन बमोजिम बुझाउनुपर्ने राजस्व नबुझाएको तथा राजस्व नतिर्ने नियतले सुन ओसारपसारमा संलग्न रहेको पुष्टि भएको छ। बरामद गरेको सुनको मूल्य बराबर ८० लाख १३० रुपैयाँ बराबरको विदेशी विनिमय अपचलन गरेकोले उनीहरुविरुद्ध विभागले सोही रकम बराबरको बिगो कायम गरी सजाय माग गरेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam