आईजीपी बढुवाविरुद्धको मुद्दामा आज सुनुवाइ
काठमाडौं : आईजीपी बढुवाविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ।
गत सोमवार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दाको सु्नुवाइ आज हुन लागेको हो। धिरज प्रताप सिहंलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सो रिटमाथि कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुँदै आएको छ। गत सोमबार प्रतिवादीका तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहितका सरकारी वकिलहरूले बहस गरेका थिए। आज आईजीपी सिंहको पक्षबाट उनका निजी वकिलहरूले बहस गर्ने भएका छन्।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam