चोरीका मोबाइल र ल्यापटपसहित एक भारतीय पक्राउ
विराटनगर : चोरीको मोबाइल, ल्यापटपसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सुपौल जिल्लाको भीमनगर ग्रामपञ्चायत–२ का ३१ वर्षीय नविन देव रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बि.आर. १० एन ६६१७ नम्बरको मोटरसाइकलमा सवार देवको झोला इलाका प्रहरी कार्यालय नेमुवा मोरङबाट खटिएको प्रहरी टोलीले जाँच गरेको थियो।
चेक गर्ने क्रममा उनको साथबाट प्रहरीले एउटा ल्यापटप, विभिन्न कम्पनीका ६ वटा मोबाइल र ४० हजार भारतीय रूपैयाँका साथै ९ हजार नेपाली रूपैयाँ फेला पारेको मोरङका प्रहरी प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार सामानसहित नियन्त्रणमा लिइएका उनीमाथि थप अनुसन्धान भइरहेको छ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam