पदाधिकारी टुंगो लगाउने माओवादी केन्द्रको तयारी
काठमाडौं : नेकपा माओवादी केन्द्रले आज पदाधिकारी टुंगो लगाउने तयारी गरेको छ।
आइतबारदेखि काठमाडौंमा जारी केन्द्रिय समिती बैठक अन्तरगत आज पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोसमेत टुंग्याउने तयारी गरिएको हो। हिजो एक दिन केन्द्रिय समिति बैठक नै स्थगित गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व स्थायी कमिटी सदस्यहरुसँग परामर्श गरेका थिए।
प्रचण्ड निवास खुमलटारमा भएको छलफलले पदाधिकारी चयनको जिम्मेवारी पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ। प्रचण्डले आजको बैठकमा १ सय २५ सदस्यीय पोलिटब्युरो, ४१ सदस्यीय स्थायी कमिटी र पदाधिकारीको नाम प्रस्ताव गर्ने पार्टीका पूर्व स्थायी कमिटी सदस्य दिनानाथ शर्माले जानकारी दिए।
बैठकमा अध्यक्षले प्रस्ताव गरेको नाममा सहमति नभए निर्वाचन प्रक्रियाबाट भए पनि टुङ्ग्याइने उनको भनाइ छ। गत पुसमा अधिवेशन सकेको माओवादीले ६ महिना हुँदा पनि पदाधिकारीसहित स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न सकेको छैन्।
केन्द्रीय कमिटी बैठक आज दिउँसो १ बजे बस्नेछ। बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रित रही केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम पनि रहेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam