‘चुनाव लड्न आयोगले तोकेभन्दा ८ गुणा बढी पैसा चाहिन्छ’
काठमाडौं : पूर्व-प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन आयोगले चुनावका लागि तोकेको खर्च अव्यावहारिक भएको आरोप लगाएका छन्।
बिहीबार लोकतान्त्रिक विकास केन्द्र र सुशासन पाठशालाको संयुक्त आयोजनामा आर्थिक सुशासन र निर्वाचन विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले निर्वाचनमा उम्मेदवारी दिएका नेताहरुले नै निर्वाचन आयोगले तोकेको भन्दा ८ गुणा बढी रकम खर्च हुने उल्लेख गरेको भन्दै यो अव्यावहारिक भएको बता।
पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले निर्वाचनमा धेरै पैसा खर्च हुने चिन्ता मात्र नभई राजनीतिज्ञहरुलाई पैसाले किन्ने अवस्था सिर्जना भएको उल्लेख गरे।
उनले निर्वाचन संयन्त्र अपराधीको पकडमा जानुले पनि समस्या सिर्जना भइरहकेो बताए। पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले निर्वाचनको परिणामलाई पैसाले किन्नुपर्ने बाध्यता सिर्जना हुनुले देशलाई क्षति पुगने बताए।
उनले भने, ‘निर्वाचन आयोगले जुन इलेक्सन कष्ट तोकेको छ त्यो अव्यावहारिक छ। कसैले पनि त्यो पैसाले निर्वाचन हुन सक्छ भन्न सक्दैन। धेर खर्च हुनुमात्रै चिन्ता नभएर राजनीतिज्ञहरुलाई पैसाले किन्यो। अर्को कुरा निर्वाचन संयन्त्र अपराधीको पकडमा गएपछि कुन बाटो समाउँछौँ गुड गभर्नेन्स वा अन्य? सबैभन्दा ठूलो कुरा निर्वाचनको परिणालाई पैसाले किन्यो।’
पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले चुनावमा खर्च गर्न आउने बाहिरी पैसाको स्रोत खोज्न आवश्यक रहेको बताए। उनले निर्वाचनताका कालो धनलाई सेतो बनाउन मिल्ने भएकाले बाहिरी पैसा ल्याउने चलखेलले देश दुर्घटनातर्फ जाने चेतावनी दिए।
पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले केही समयअघि मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पैसा बिना चुनाव लड्न नसक्ने मन्तव्य दिएको उल्लेख गर्दै कालो धनलाई रोक्न एक्सनमा जानुको विकल्प नरहेको बताए।
पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले पार्टीका कारण स्थानीय निर्वाचन स्थानीय जस्तो नभएको भन्दै पार्टी बिनाको स्थानीय निर्वाचन प्रणालीमा जान मुलुकले सोच्नुपर्ने बताए।
उनले मतदाता नामावली दर्ता निर्वाचन आयोगले गर्न जरुरी नरहेको र संघीय प्रणालीमा गइसकेपछि यो काम स्थानीय सरकारले गर्ने बताए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam