मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई जागरण नेपालको ज्ञापनपत्र
काठमाडौं : उपभोक्ता जागरण अभियान नेपालले मूल्यवृद्धि नियन्त्रणका विषयमा सरकारको ध्यानाकर्षण गरेको छ।
बजार अनुगमनको मुख्य जिम्मेवारी पाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, त्यसअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र सरकारका मुख्य सचिवलाई भेटेर जागरण अभियानका पदाधिकारीले मूल्यवृद्धि नियन्त्रणका लागि चाल्नु पर्ने कदमबारे ज्ञापनपत्रमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।
जागरण अभियानले बुझाएको ज्ञापनपत्रमा बजारमा एकाधिकारपूर्ण, अनुचित र कानुनद्वारा निषेधित ब्यापारिक कामहरु हुने गरेको उल्लेख छ। हरेक क्षेत्रमा सेटिङमा काम भैरहेको भन्दै ज्ञापनपत्रमा बजार अनुगमन सार्थक एवम् प्रभावकारी हुन नसकेको आरोप लगाइएको छ।
जागरण अभियानका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा बजार हस्तक्षेपको नीति अख्तियार गर्दै खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत दैनिक अत्यावश्यक वस्तुको बिक्री वितरण गरेर आपूर्ति व्यवस्थालाई सहज तुल्याउँदै बजार मूल्य नियन्त्रण गर्न माग गरिएको छ।
भन्सार गेट मूल्य र उद्योग गेट मूल्यको आधारमा वस्तुको मूल्य विश्लेषण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अधिनस्थ विभाग, कार्यालय र निरीक्षण अधिकृतहरूलाई निर्देशन दिनुपर्ने सुझाव पनि ज्ञापनमा उल्लेख छ।
जागरण अभियानले वस्तु र सेवाका प्रदायकबाट गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकार संरक्षणका लागि उपभोक्तावादको सिद्धान्तबाट निर्देशित भई उपभोक्ता जागरण र स्वच्छ बजारका क्षेत्रमा नीतिगत तह र कार्य सञ्चालन स्तरमा योगदान पुर्याउँदै आएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam