जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेकाे निधनमा देउवाद्वारा दुःख व्यक्त

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज शुक्रवार सामाजिक सञ्जाल ट्विटरमार्फत शिन्जोको निधनको खबर सुनेर दुःख लागेको उल्लेख गर्नुभएको छ । मेरो हार्दिक श्रद्धाञ्जली । उहाँ विश्वका चर्चित नेतामात्र नभएर नेपालको असल मित्र पनि हुनहुन्थ्यो, उहाँले भन्नुभएकाे छ ।  

प्रधानमन्त्री देउवाले शोकको यस दुःखद घडीमा जापानका जनता र शोक सन्तप्त परिवारका सदस्यहरूमा समवेदना प्रकट गर्नुभएको छ । 

शुक्रवार बिहान चुनावी सभालाई सम्बोधन गर्ने क्रममा गोली लागि घाइते हुनुभएका पूर्वप्रधानमन्त्री शिन्जोको निधन भएको हो । 

TOP