काठमाण्डौकाे साेल्टीमाेडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे
काठमाण्डौ – काठमाण्डौमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
काठमाण्डौ महानगरपालिका वडानम्बर–१२ को सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा चालक मकवानपुरका बुद्ध गोलेको ज्यान गएको हो ।
दुर्घटनामा घाइते भएका २७ वर्षका गोलेको उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रदेश नम्बर ३-०२-००७ प ९१९४ नम्बरको मोटरसाइकल गएराति दुर्घटना भएको थियो ।
भोटेकोशी बाढी पीडितका लागि कपिलवस्तु चेम्बरको सहयोग
भदौ १६, २०८३
(विजयनगर) कपिलवस्तु, १६ भदौ । रसुवाकाे भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन चेम्बर अफ…



ghanashyam