आइ टी एफ तेक्वान्डो संघको दोस्रो प्रदेश साधारण सभा सम्पन्न

बुटवल
लुम्विनी प्रदेश आइ टी एफ तेक्वान्डो संघको दोस्रो प्रदेश साधारण सभा तथा अधिवेशन शनिवार बुटवलमा सम्पन्न भयो । न्याय,सत्यता र विश्वशान्तिका साथै “स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि लुम्विनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री सहसराम यादव विशिष्ट अतिथि लुम्विनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराई, ने.क.पा. माओबादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जि.सी.,आइ टी एफ तेक्वान्डोका केन्द्रिय सदस्यहरु निर बहादुर सारु,प्रेम कामु मगर,नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.का प्रधानाध्यापक प्रेम बहादुर बस्नेत,तेक्वान्डो संघका महासचिव सुवर्ण वि.सी.,कपिलवस्तु अध्यक्ष राकेश शिह रायमाझी लगायतले धारणा राख्नु भएको थियो .
लुम्विनी प्रदेश आइ टी एफ संघका कार्यवाहक अध्यक्ष रित मान कामु मगरको अध्यक्षतामा प्रदेश सचिव नवराज खरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रदेश अधिवेशनबाट निर्विरोध निर्वाचित श्री रितमान कामु मगर ज्यूको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको छ । जसमा उपाध्यक्ष गिता क्षेत्री, नवराज खरेल, सचिव बिक्रम बाँठा मगर, कोषाध्यक्ष राजन रसाईली, सदस्यहरुमा जमालुदिन शेख, श्याम बहादुर गाहा मगर, राकेश सिंह रायमाझी, कृष्ण प्रसाद बाँठा मगर, विजय पून मगर, भिम ज्ञवाली, राकेश मगर, गिर बहादुर घर्ति मगर निर्विरोध चयन हुनुभएको छ । जुन केन्द्रीय सदस्य निर बहादुर सारु ज्यूको नेतृत्वमा भएको हो ।

TOP