सवारी दुर्घटनामा दुई जनाको मृत्यु, सात घाइते
काठमाडौं : देशका विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। सातजना घाइते भएका छन्।
सुनसरीको रामधुनी नगरपालिका २ मा गएराति पैदल यात्रीलाई ठक्कर दिँदा स्थानीय ६० वर्षीया रुकमी सरदारको मृत्यु भएको छ। गम्भीर घाइते भएकी सरदारको उपचारको क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागी इटहरीस्थित वेदान्त अस्पताल पठाइएको छ । उनको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ । गएराति सवा १० बजे पैदल यात्रीलाई ठक्कर दिएर प्रदेश १–०२–०४२ प ३७१३ नम्बरको मोटरसाइकल पल्टिएको थियो।
यसैगरी, गोर्खाको गोर्खा नगरपालिका ५ पश्चिमकालीमा मंगलबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन्। गोर्खा नगरपालिका ५ पश्लाङका अन्दाजी २७ वर्षीय प्रदीप थापाको उपचारको क्रममा जिल्ला अस्पताल गोर्खामा मृत्यु भएको हो।
घाइते भएका मोटरसाइकलमा पछाडि सवार गोर्खा ७ सतिपिपलका २९ वर्षीय सुरज गुरुङ र सोही स्थानका १३ वर्षीय चन्द्र गुरुङको सोही अस्पतालमा उपचार भइरहेको छ, उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। तीन जना सवार बा ६५ प ५०५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो।
यसैगरी चितवनको रत्ननगर नगरपालिका ७ मगर टोलमा गएराति स्कुटर अनियन्त्रित भएर पल्टिदा स्कुटर चालक रत्ननगर नगरपालिका ५ का अन्दाजी ४८ बर्षीय धुव्र कँडेल र पछाडि सवार पर्साको वीरगञ्ज उपमहानगरपालिका २६ का अन्दाजी २१ वर्षीय विकास पटेल घाइते भएका छन्। दुवै घाइतेको भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये कँडेलको अवस्था भने गम्भीर रहेको छ।
बाराको आदर्श कोतवाल गाँउपालिका ५ मा गएराती मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ३० वर्षीय अमरलाल यादव र पछाडि सवार बाराकै पचरौता नगरपालिका ५ का ५० वर्षीय रामविनय महतो घाइते भएका छन्। घाइते दुवैजनालाई उपचारका लागि बारा स्थित राज लक्ष्मी हस्पिटल पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। महतोको अवस्था गम्भीर छ।
ना १७ प १००४ नम्बरको मोटरसाइकल गएराति साढे ९ बजे अनियन्त्रित भएर पल्टिएको थियो
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam