बाबुराम भट्टराईको आह्वान : पार्टी पुनर्गठन गरौँ
काठमाडौं : डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) को पुनर्गठनका लागि आह्वान गरेका छन्।
गएराति वक्तव्य जारी गरी उनले पार्टी रूपान्तरणमा लागेका केन्द्रीय सदस्यलगायत सबै तहका नेता–कार्यकर्तालाई पार्टी पुनर्गठनका लागि आह्वान गरेका हुन्।
पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूसहित ९ जना सदस्यहरुलाई गरेको कारबाहीको विरोध गर्दै उनले अब पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन्। अध्यक्ष यादवले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा आफूहरुलाई कारबाही गरेको भट्टराईको आरोप छ।
विवाद चुलिँदै गएपछि अध्यक्ष यादव र डा. भट्टराई पक्षले केही दिनअघि छुट्टाछुट्टै केन्द्रीय समितिको विस्तारित बैठक गरेका थिए। यससँगै वीरगञ्जमा बसेको बैठकमा अध्यक्ष यादवले संघीय परिषद् अध्यक्ष भट्टराईसहित ९ जनालाई कारबाही गरेका थिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam