नहरको पानीमा डुबेर ७० वर्षका वृद्धको मृत्यु
काठमाडौं : सप्तरीमा नहरको पानीमा डुबेर एक पुरुषको मृत्यु भएको छ। सप्तकोशी नगरपालिका ४ तुलसीका ७० वर्षका लक्ष्मी सदाको डुबेर मृत्यु भएको हो।
शुक्रबार दिउँसो गाई चराउन निस्केका उनी अबेरसम्म पनि घर नफर्किएपछि आफन्तसहितकाे प्रहरी टोलीले खोजी शुरु गरेको थियो। शुक्रबार राति अबेरसम्म पनि सदालाई नभेटिएपछि शनिबार बिहानैबाट प्रहरीले खोजी कार्य जारी राखेको थियो।
सोही क्रममा बिहान करिब ७ बजे सप्तकोशी नगरपालिका ५ गंगाजलीस्थित चन्द्र नहरको पानीमा डुबेको अवस्थामा फेला परेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले थाहाखबरलाई जानकारी दिए।
सदाको शव कानुनअनुसार जाँच मुचुल्का गरी पोष्टमार्टम भइसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी काफ्लेले बताए।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam