सुत्केरी र जुम्ल्याहा शिशुलाई हेलीकोप्टरमार्फत उद्धार
खोटाङ – स्वास्थ्यमा समस्या देखिएपछि खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ३० वर्षीया सुत्केरी उर्मिला बिक र नवजात शिशुलाई हेलीकोप्टरमार्फत अस्पताल लगिएको छ ।
जिल्ला अस्पताल दिक्तेलमा शुक्रबार राति शल्यक्रिया गरेर सुत्केरी भएकी उर्मिला र जुम्ल्याहा शिशुको स्वास्थ्यमा जटिल समस्या निम्तिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट खर्च बेहोर्ने गरि शनिबार हेलीकोप्टरमार्फत काठ्माण्डौ लगिएको हो ।
समयभन्दा पहिल्यै ३० हप्तामै बच्चा जन्मिएकाले नवजात शिशुको तौल कम भएकाले आईसीयूमा राख्नुपर्ने अवस्था देखिएको र सुत्केरीको स्वास्थ्यमा पनि समस्या देखिएपछि अन्त रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. नितु लामाले बताउनुभयो । सुत्केरी तथा नवजात शिशुलाई प्रसूति गृह थापाथली लगिएको छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam