बर्दिया पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
सुष्मा तिमिल्सेना, बर्दिया । जिल्ला समन्वय समिति बर्दियाले बर्दिया जिल्ला लाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको छ । हिजो एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर बिष्टले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभएको हो ।
बर्दियाका सबै स्थानीय तहले बालबालिकाले खोप पाए÷नपाएको सर्वेक्षण गरेर घोषणा गरिसकेकाले जिल्लालाई घोषणा गरेको बिष्टको भनाई छ । बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गर्न प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको थियो । त्यहि अनुसार बर्दिया जिल्ला पूर्ण खोप सुनिश्चित भएको स्वास्थ्य कार्यलय बर्दियाका जनस्वास्थ्य अधिकृत कृष्णगोपाल चौधरीले जानकारी दिनुभयो ।

८ वटा स्थानीय तहका ७५ वडाका सबै बालबालिकालाई नियमित खोप पाउने आधार सुनिश्चित गरेपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताउनुभयो । जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि पालिकाहरूलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको गिरिको भनाई छ ।
अभियानमा १६ देखि २३ महिनासम्मका छुटेका बालकालिकालाई समेत खोजेर पूर्ण रूपमा खोप सुनिश्चितता गरिएको छ उहाँले भन्नुभयो राष्ट्रिय खोप तालिका अनुसार जन्मेदेखि १५ महिना सम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरिन्छ ।

यसअघि बालबालिकालाई १२ वटा मात्रै खोप प्रदान गरिन्थ्यो । अहिले टाइफाइड विरुद्धको खोप थप भएको हो । जिल्ला खोप समन्वय समितिले अनुगमन गरी वडा हुँदै पालिका र जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा गरेको हो । पूर्ण खोप सुनिश्चितका लागि ९५ प्रतिशत सूचकांक पूरा गर्नुपर्ने हुन्छ । सबै स्थानीय तहले ९५ प्रतिशत सूचकांक पूरा गरेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गिरिले बताउनुभयो ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam