बहुमत आउनेगरी चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय
काठमाडौं : नेपाली कांग्रेसले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनलाई कायम राख्ने निर्णय गरेको छ।
पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धनबाटै कांग्रेस पहिलो दल बनेको निष्कर्षसहित गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए।
उनले भने, ‘कांग्रेसलाई आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरूसँग आपसी संवाद गरी चुनावी तालमेल गरी अघि बढ्ने निर्णय गर्दछ।’
तालमेल गर्दा संविधान कार्यान्वयन र आर्थिक रुपान्तरणको साझा धारणा तय गरेर ५ बर्षसम्म स्थिर सरकार बनाउने समेत उनले बताए। उनले स्थानीय तहको निर्वाचन जस्तै घरघर जाऔँ कांग्रेस जिताऔँ अभियान भदौ २ देखि २४ गतेसम्म चलाउने समेत बताए।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam