कपिलवस्तुमा बस दुर्घटना हुदा सात जना घाइते
अनेक पाण्डे
कपिलवस्तु
कपिलवस्तुमा बस दुर्घटना हुदा सात जना घाइते भएका छन । ताैलिहवा देखि बहादुरगन्ज आउने क्रममा देवानगढिया गाउँ नजिकै “साेधगंगा पानी फैक्ट्री” काे छेउमा रहेकाे पुलमा दुर्घटना भएको हो ।
लु.१ख ९१७३ नम्बरको बस पल्टिँदा बसमा सवार ७ जना घाइते भएका छन ।
जसमध्ये १ जना महिला ६ जना पुरुष रहेका छन ।
७ जनाकाे अवस्था सामन्य चाेटपटक लागि घाइते भएका छन र बस चालक फरार रहेकाे ई.प्र.का बहादुरगंजले जानकारी गराएकाे छ । घाइतेहरुकाे उपचार शिवराज अस्पताल बहादुरगंजमा भई रहेकाे छ ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…


