भारत लैजान लागिएकी किशोरीको उद्धार
कञ्चनपुर : मोबाइल बनाउने बहाना बनाएर काठमाडौंबाट महेन्द्रनगर पुर्याइएकी एक किशोरीको उद्धार गरिएको छ। काठमाडौंबाट नेपालगञ्ज हुँदै महेन्द्रनगर पुर्याएर भारत लैजान लागेको अवस्थामा उदयपुरकी ती १६ वर्षीया किशोरीको उद्धार गरिएको हो।
किशोरीलाई महेन्द्रनगर बसपार्कबाट गैरसरकारी संस्था साहसी महिला नेपालले उद्धार गरी सुरक्षित गृहमा राखेको छ। उनलाई ललाइफकाई ल्याउने मुगुका वसन्त लावडलाई प्रहरीको जिम्मा लगाइएको छ। काठमाडौंमा सवारीसाधनका चालक रहेका लावडले ती किशोरीलाई मोबाइल बनाउने बहानामा महेन्द्रनगर पुर्याएको खुलेको छ ।
‘काठमाडौंमा बस्दै आएकी किशोरी र उनको परिवारसित चिनजान रहेछ, त्यसका आधारमा मोबाइल बनाउने भनेर नेपालगञ्जसम्म ल्याए’, साहसी महिला नेपालकी जिल्ला संयोजक आनन्दी रानाले भनिन्, ‘किशोरीलाई आफू कहाँ जाँदैछु भन्ने केही थाहा रहेनछ।’
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam