आजदेखि काठमाडौंको फोहर एक साता नउठ्ने

काठमाडौं : काठमाडौँ उपत्यकाको फोहर अब एक साता नउठाइने भएको छ। 

फोहर व्यवस्थापन गर्दै आएको नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरे डाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक हप्ता फोहोर व्यवस्थापनको काम रोकिने महानगरपालिकाले जनाएको छ। 

सहरी विकास मन्त्रालयले बाटो मर्मतको काममा समस्या आएको भन्दै महानगरलाई केही दिन फोहोरको गाडी नपठाउन भनेकाले फोहोर व्यवस्थापन कार्य रोकिएको हो। 

आजदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिएको काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन्। 

महानगरले सूचना जारी गर्दै एक हप्ताका लागि आआफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्नका अपील गरेको छ। हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ।

TOP