डाक्टर अरनिको पाँडेले ललितपुर–३ बाट स्वतन्त्र उम्मेदवारी दिने

ललितपुर – विभिन्न विषयका विज्ञ डाक्टर अरनिको पाँडेले आउँदो प्रतिनिधि सभाको चुनावमा ललितपुर क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिनुहुने भएको छ । 

पाँडेले आज बिहीवार सामाजिक सञ्जालमार्फत आफूले ललितपुर ३ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । जलवायु परिवर्तन, वातावरण र दिगो विकास जस्ता क्षेत्रमा देश–विदेशमा हासिल गरेको दक्षता र अनुभवले देशको सेवा गर्ने पाँडेले उल्लेख गर्नुभएको छ । 

पाण्डेले विश्वकै प्रतिष्ठित हार्वर्ड विश्वविद्यालय र विस्कन्सिन विश्वविद्यालयबाट स्नातक गर्नुभएको छ । यस्तै एमआईटी बाट विद्यावारिधी गर्नुभएको छ भने उहाँले भर्जिनिया विश्वविद्यालयमा प्राध्यापन गर्नुभएको छ । उहाँले काठमाण्डौ उपत्यकाको वायु प्रदूषणबारे अनुसन्धान र विद्यावारिधी गर्नुभएको छ । 

यस्तै डाक्टर पाँडेले विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम लगायतका दातृ निकायमा उहाँले विज्ञ र सल्लाहकारका रूपमा काम गरिसक्नुभएको छ । 

TOP