तीनकुनेकाे कल सेन्टरमा प्रहरीको छापा, ३६ जना समातिए
काठमाडौं : काठमाडौं महानगरपालिका ९ तीनकुने गैह्रीगाउँस्थित कल सेन्टरबाट प्रहरीले १ जना चिनियाँ नागरिकसहित ३६ जनालाई पक्राउ गरेको छ।
चिनियाँ नागरिकले संचालन गरेको स्काई वर्ल्ड सर्भिस सेन्टरमा छापा मारेर १ चिनियाँ, २ भारतीय नागरिक र ३३ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
उनका अनुसार सेन्टरका व्यवस्थापन प्रमुख ४३ वर्षीय चिनियाँ नागरिक ह्य यहुवा, भारतको उत्तर प्रदेशका २६ वर्षीय मनोज शैनी, १९ वर्षकी नेहा गुप्ता र नेपाली नागरिक २८ पुरुष तथा ५ जना महिलालाई नियन्त्रणमा लिइएको हो।
कल सेन्टरको आवरणमा ‘ठगी धन्दा’ संचालन गरेको सुराकीका आधारमा प्रहरीले आज स्काई वर्ल्डमा छापा मारेको थियो।
सर्भिस सेन्टरमा अवैध तवरले कामदारहरू राखिएकाे सूचनाका विभिन्न प्रकारका प्रविधिमार्फत धाक, धम्की दिई, व्यक्तिगत गोपनीयता ह्याकिङ गरी रकमको मोल मोलाई गर्ने र समाजमा उच्छृङ्खल गतिविधि गरिरहेको अवस्थामा विद्युतीय उपकरणसमेत नियन्त्रणमा लिएको हाे।
जिल्ला प्रहरी परिसर काठमाण्डौं र मातहत नगर प्रहरी कार्यालय, प्रहरी वृत्तहरुसमेतबाट खटिएको प्रहरी टोलीले व्यक्ति तथा विद्युतीय उपकरणहरु बरामद गरेको हो।
सर्भिस सेन्टरबाट ८ लाख २९ हजार नगद, ३६२ थान ल्यापटप, ७४८ थान डेस्कटप कम्युटर र डिभिआर एक थान बरामद गरिएको एसपी मैनालीले बताए। पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि आइतबार रुपन्देहीको तिलोत्तमास्थित जानकीनगरमा भारतीय चलाएको कल सेन्टरमा छापा मारेर कल सेन्टरबाट अवैध गतिविधि गरेको आरोपमा ९ जना सञ्चालकलाई पक्राउ गरेको छ। ब्लु स्काई बिजनेस सोलुसन प्रालि नामक कल सेन्टरबाट अश्लील म्यासेज पठाउने, चिट्ठा पर्यो भनी ठगी गर्ने काम भएको प्रहरीले जनाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam