स्विडेनलाई हराउँदै इंग्ल्याण्ड महिला युरोपियन च्याम्पियनसिपको फाइनलमा
महिला युरोपियन च्याम्पियनसिप २०२२ मा सुरुवातबाटै रवाफिलो प्रदर्शन गर्दै आएको इंग्ल्याण्ड सेमिफाइनलमा स्विडेनलाई ४–० ले पराजित गर्दै फाइनलमा पुगेको छ।
इंग्ल्याण्ड स्थित ब्रमाल लेन सेफिल्डमा मंगलबार राति भएको खेलमा घरेलु टोलीले सानदार जित निकाल्ने क्रममा बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्वीले समान १–१ गोल गरे।
पहिलो हाफमा १–० को अग्रता बनाएको इंग्ल्याण्डले दोस्रो हाफमा थप तीन गोल सम्भव बनायो। अपराजित इंग्ल्याण्डले अब उपाधिका लागि जर्मनी र फ्रान्सबीचको विजेतासँग ३१ जुलाईमा प्रतिस्पर्धा गर्नेछ।
२००९ पछि इंग्ल्याण्डको महिला टिम कुनै पनि मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको हो।
फ्रान्स र जर्मनीबिच आज दोस्रो सेमिफाइनल खेलमा प्रतिस्पर्धा हुँदैछ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam