लुइस सुआरेज पुरानो क्लब फर्किने
एजेन्सी । पूर्व बार्सिलोना स्टार लुइस सुआरेज आफ्नो करिअरको पहिलो क्लब नासिओनल फर्किने भएका छन्।
उनले उरुग्वेस्थित क्लबमा पुनः फर्किन प्रारम्भिक सम्झौता गरेको बताएका हुन्।
३५ वर्षीय सुआरेजको एट्लेटिको म्याड्रिडसँगको सम्झौता यही समरमा सकिएसँगै फ्रि एजेन्टका रूपमा रहेका छन्। उनी आगामी विश्वकपअघिसम्ममा क्लबमा फर्किने विश्वास लिएको छ।
उनले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै सबै प्रक्रिया चाँडै पूरा हुने विश्वास गरे। उनको पुरानो क्लब नासिओनलका समर्थकले सुआरेजलाई क्लबमा ल्याउनका लागि क्याम्पेनिङ गरिरहेका छन्।
सुआरेजले नासियोनेल बाटै १८ वर्षको उमेरमा २००५ मा करिअरको व्यावसायिक डेब्यु गरेका थिए। उनले आफ्नो प्रारम्भिक सिजनमानै क्लबलाई उरुग्वेको लिगको उपाधि दिलाएका थिए।
त्यसो त सुआरेज क्लबमा युथ टिममा १४ वर्षको उमेरमा नै सहभागी थिए। १९ वर्षको उमेरमा उनी क्लब छाडेर युरोप लागेका थिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam