संवैधानिक पदाधिकारीविरुद्धको सुनुवाइ फेरि पनि स्थगित
काठमाडौं : ओली सरकारको पालामा नियुक्त संवैधानिक निकायका पदाधिकारीविरुद्धको सर्वोच्च अदालतमा विचाराधीन मुद्दा माथिको सुनुवाइ फेरि स्थगित भएको छ।
कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलासको नेतृत्व गरी यी मुद्दा सुनुवाइ गर्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न गरेका थिए। त्यसपछि सुनुवाइ स्थगित भएको हो।
विपक्षी बनाइएका संवैधानिक निकायका ५२ जना पदाधिकारीका बिषयमा कानून व्यवसायीले प्रश्न उठाएपछि बुधबारको सुनुवाइ पनि स्थगित भएको हो।
बुधबार विपक्षी बनाइएका संवैधानिक पदाधिकारीका कानून व्यवसायीहरुले संवैधानिक निकायलाई समेत विपक्षी बनाउनुपर्ने र उनीहरुबाट लिखित जवाफ आउनुपर्ने माग गरेका थिए।
उनीहरुले संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा अहिले पनि संयुक्त इजलासमा रहेको र तिनलाई पनि संवैधानिक इजलासमा राखेर एकसाथ सुनुवाइ हुनुपर्ने माग राखेका थिए।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam