३९ वर्षपछि वेस्टइन्डिजकै मैदानमा भारतको क्लिन स्विप
काठमाडौं : भारतले वेस्टइन्डिजविरुद्वको अन्तिम तथा तेस्रो एकदिवसीय सिरिजमा ११९ रनको जित निकाल्दै सिरिज क्लिन स्विप गरेको छ। भारतले वेस्टइन्डिजको मैदानमा ३९ वर्षमा पहिलो पटक सिरिज क्लिन स्विप गरेको हो।
वर्षाले प्रभावित बनेको खेलमा भारतले टस जितेर पहिलो ब्याटिङ गर्दै ३६ ओभरमा ३ विकेट गुमाएर २ सय २५ रन बनाउँदा वर्षा भएको थियो। भारतका लागि ओपनर शिखर धवनले ५८ रन बनाउँदा सुभमन गिल ९८ रनमा नटआउट रहे। त्यस्तै श्रेयस अय्यर ४४ रन बनाउन सफल भएका थिए। त्यसपछि वेस्टइन्डिजलाई डर्कवर्थ लुइस नियमका आधारमा ३५ ओभरमा २ सय ५७ रनको लक्ष्य दिएको थियो।
तर खराव प्रदर्शन गरेको वेस्टइन्डिज टिमले २६ ओभरमा १ सय ३७ रनमा अलआउट हुन पुग्यो। उसका लागि ब्रेन्डन किङ्ग र निकोलस पुरनले समान ४२-४२ रन बनाउनु सर्वाधिक रह्यो।
वेस्टइन्डिजलाई सस्तैमा समेट्ने क्रममा युजबेन्द्र चाहलले ४ विकेट लिए भने मोहम्मद सिराज र सार्दुल ठाकुरले समान २-२ विकेट लिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam