स्याङ्जामा एक वर्षमा ४६१ सम्बन्धविच्छेद!
स्याङ्जा जिल्लामा एक वर्षको अवधिमा ४६१ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्। स्याङ्जा जिल्ला अदालतमा आर्थिक वर्ष २०७८\७९ मा दर्ता भएका ती मुद्दामध्ये तीन सय ७१ फर्छ्योट भएका छन्।
जिल्ला अदालतको स्रेस्तेदार विश्वप्रसाद रेग्मीका अनुसार ९० मुद्दा फर्छ्योट हुन बाँकी छन् । अदालतमा अन्य मुद्दाभन्दा तुलनात्मकरूपमा सम्बन्धविच्छेदका मुद्दा धेरै छन्। अघिल्लो आव २०७७\७८ मा तीन सय चार मुद्दा दर्ता भएकामा २४० फर्छ्योट भएका थिए । सो आवका ६४ मुद्दा गत आव २०७८\७९ मा जिम्मेवारी सरेर आएको रेग्मीले जानकारी दिनुभयो । तुलनात्मक रूपमा पछिल्ला वर्षमा सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने क्रम बढेको छ।
‘अन्यको तुलनामा जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढी दर्ता भइरहेका छन्’, रेग्मीले भने, ‘यसको मुख्य कारण वैदेशिक रोजगारी र अन्य पारिवारिक समस्या हुन्।’ अदालतमा १३१ अंशबण्डाका मुद्दा दर्ता भएको कार्यालयका नायब सुब्बा एवं फिराद दर्ता शाखाका शोभाकान्त पौडेलले जानकारी दिए। पौडेलका अनुसार पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग, सञ्चारमाध्यम, आर्थिक अभाव, घरायसी समस्या, लागुऔषधले निम्त्याएको समस्या, घरेलु हिंसालगायतका कारणले सम्बन्धविच्छेदका घटना बढेका छन्।
‘वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपयोग तथा घरायसी समस्याका कारण सम्बन्धविच्छेदका घटना बढेका छन्’, उनले भने, ‘सम्बन्धविच्छेदले पारिवारिक बेमेलसँगै बालबालिका अभिभावकविहीन बन्ने, समस्या देखिएको छ।’
जिल्ला अदालतले २०७८\७९ मा ६३.११ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam