यौनसाथीको संख्या घटाउनुहोस् नत्र मङ्कीपक्स सर्ला : डब्लूएचओ
वासिङटन : विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसपछि अहिले मङ्कीपक्सका विरामी तीव्र रूपमा बढेका छन्।
यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषहरू यो भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने बताएको छ।
डब्ल्यूएचओले त्यस्ता व्यक्तिहरूलाई आफ्ना यौनसाथीको संख्या सीमित गर्न आग्रह गरेको छ। डब्ल्यूएचओका प्रमुख टेड्रोस अदनोम गेब्रेयिससले भने‚ ‘संक्रमण रोक्नका लागि सबैभन्दा राम्रो उपाय भनेको ‘संक्रमणको जोखिम कम गर्नु’ हो।’ यसअघि शनिवार डब्ल्यूएचओ प्रमुखले मङ्कीपक्सलाई ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ भएको बताएका थिए।
नयाँ यौनसाथीसँग सम्बन्ध राख्न नहुने
डब्ल्यूएचओ प्रमुखले भने, ‘पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषले यौन सम्बन्धका लागि सावधानी अपनाउनुपर्छ। यस्ता व्यक्तिले आफ्नो यौनसाथीको संख्या कम गर्नुपर्छ। नयाँ साथीसँगको सम्बन्धबाट टाढा रहनुपर्छ।’ मङ्कीपक्सको भाइरस पश्चिम र मध्य अफ्रिकी देशहरूमा पाइन्छ तर वैशाख महिनादेखि यो विश्वभर फैलिएको छ।
टेड्रोसले ७८ देशमा १८ हजारभन्दा बढी मङ्कीपक्सका विरामी देखापरेको बताए। तीमध्ये ७० प्रतिशत युरोपमा र २५ प्रतिशत अमेरिकी महादेशमा देखिएका छन्। छिमेकी देश भारतमा अहिलेसम्म पाँचजनामा संक्रमण देखिएको छ।
९८ प्रतिशत संक्रमित पुरुष समलिङ्गी
मङ्कीपक्सका विरामी धेरै भए पनि यसबाट हालसम्म पाँचजनाको मात्रै मृत्यु भएको छ। १०% लाई दुखाइका कारण अस्पताल लानुपरेको थियो। गत हप्ता न्यू इङल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अनुसन्धानका अनुसार ९८ प्रतिशत संक्रमित पुरुष पुरुषसँग यौनसम्पर्क गर्नेहरू छन्। कुल विरामीमध्ये ९५ प्रतिशतलाई कुनै न कुनै यौन क्रियाकलापबाट मङ्कीपक्स देखिएको हो।
मङ्कीपक्स यौन क्रियाकलापबाट सर्ने रोग नभई संक्रमित व्यक्तिलाई छोएर वा शरीरबाट पसिना‚ थुक‚ खकारबाट पनि सर्ने विज्ञहरू बताउँछन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam