सुन र अमेरिकी डलरसहित धादिङबाट दुईजना पक्राउ
काठमाडौं : धादिङको निलकण्ठ नगरपालिका–३ धादिङबेसी थोपल खोला स्थित सडकबाट सुनको बिस्केट र अमेरिकी डलर सहित २ जना पक्राउ परेका छन्।
बिस्कुट आकारको एक थान सुन र ५० दरको नोट ९७ थान र १०० दरको नोट १ सय ६३ थान अमेरिकी डलर सहित खनियाबास गाउँपालिका–४ बस्ने बेग बहादुर तामाङ र शोभा तामाङ पक्राउ परेका हुन्।
लपाङफेदीबाट धादिङबेसीतर्फ आउँदै गरेको ग.१ ज ६७५३ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई सुन र अमेरिकी डलर सहित पक्राउ गरेको हो।
साथै थप अनुसन्धानको क्रममा खटिएको प्रहरीले बेग बहादुरको घर तलासी गर्दा घरमा लुकाई राखेको २ थान सेमिअटोमेटिक पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने गोली २० राउण्ड, १ थान कटुवा पेस्तोल र बिस्कुट आकारको सुन जस्तो देखिने पहेँलो धातु ५ थान फेला पारी बरामद गरेको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam