वनको जग्गा एक बित्ता पनि अतिक्रमण हुन दिन्न : मन्त्री यादव
काठमाण्डाै – वन तथा वातावरण मन्त्री प्रदीप यादवले सरकारी वनको जमिन एक बित्ता पनि अतिक्रमण हुन नदिने बताउनु भएको छ । आज शनिवार सर्लाहीको ईश्वरपुर नगरपालिका–४ मा निर्मित सशस्त्र वन रक्षक व्यारेक भवनको उद्घाटन गर्नु हुर्दै मन्त्री यादवले आफनो कार्यकालमा वनको जमिन कुनै पनि हालतमा अतिक्रमण हुन नदिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हरियो वन नेपालको धन हो, आफनो कार्यकालमा सरकारी जमिन कसैलाई पनि हडप्न दिने छैन्, वन माफियालाई कानुनी दायरामा ल्याउने छु ।” यसैगरी मन्त्री यादवले सुकुमवासीको नाममा गरिएको जग्गा अतिक्रमणलाई अतिक्रमणमुक्त गराएर सही व्यक्ति तथा वास्तविक सुकुमवासीलाई मात्रै जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । मन्त्री यादवले वन र जङ्गल हाम्रो साझा सम्पत्ति भएको र आफ्नो सम्पत्ति रक्षा गर्न सबैले कटिबद्ध हुनुपर्ने जिकिर गर्नुभयो । पछिल्लो केही समय यता सरकारी वनको जग्गामाथि गलत मनयसाय बोकेका केही भूमाफिया, तस्करहरुले आँखा गडीरहेकाले उनीहरुका सपना पूरा हुन नदिने वचन बद्धता पनि व्यक्त गर्नुभयो ।
मन्त्री यादवले बाराको निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियावस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता भएमात्रै रुख कटानका लागि मन्त्रालयबाट अनुमति दिइने पनि जानकारी गराउनुभयो । उहाँले बाराको निजगढ विमानस्थल मधेशको लाइफलाइन भएको हुँदा आफू त्यसको विरोधी नभएको स्पष्ट पार्नुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam