देशभरका नायब सुब्बा आज बिदामा बस्ने
काठमाडौं : तलब वृद्धिमा असमानता भएको भन्दै आन्दोलनमा उत्रिएका देशभरका करिब २० हजार राजपत्र अनंकित प्रथम श्रेणीका नायब सुब्बाहरू आफ्नो माग सम्बोधन नभएको भन्दै आज बिदामा बस्ने भएका छन्।
नायब सुब्बाहरूले आन्दोलनको कार्यक्रमअन्तर्गत बिदामा बस्ने निर्णय गरेका हुन्। निजामती सेवा ऐनमा आफ्नो माग सम्बोधन गर्नुपर्ने माग राखेर उनीहरूले सिहदरबारमा प्रदर्शन गरेका नायब सुब्बाहरूले अहिलेको घोषित आन्दोलनमा तलब वृद्धिको मागलाई पनि समेटेका छन्।
सोमबार सिंहदरबारमा ‘पेन डाउन’ गरेर सूचना तथा सञ्चार मन्त्रालयको हलमा भेला भएका उनीहरूले त्यहीँबाट देशभरका नासु बिदामा बस्ने र अर्थमन्त्री, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री, मुख्य सचिव, अर्थ सचिव र सामान्यका सचिवलाई मागको विषयमा एसएमएस गर्ने निर्णय गरेको निजामती कर्मचारी युनियनका उपमहासचिव इन्दु शर्माले जानकारी दिए।
संघीय निजामती सेवा ऐनको मस्यौदा तयार भएको करिब अढाई वर्षदेखि नायब सुब्बाहरूले विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन्। १८ वर्षसम्म निरन्तर एउटै पदमा बसे पनि बढुवा नहुनु अन्यायपूर्ण स्थिति भएको भन्दै उनीहरूले विरोध प्रदर्शन गर्दै आएका थिए। नायब सुब्बाहरूले प्रस्तावित ऐनमा संघ, प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न, समयसीमा किटानका साथै सबै तहमा एउटै मितिबाट लागु हुने गरी प्रत्येक पाँच वर्षमा एक तह वृद्धि हुने गरी तहगत व्यवस्था राख्नुपर्ने माग अघि सारेका छन्।
नायब सुब्बाका लागि ३० प्रतिशत ज्येष्ठता, १० प्रतिशत आन्तरिक र १० प्रतिशत अन्तर सेवाको व्यवस्था हुनुपर्ने माग गरे पनि सरकारले आफूहरूको माग सुनुवाइ नगरेको कर्मचारीको गुनासो छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam